२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली बजारमा आज (शुक्रवार) सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा ४५ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij