Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

नेपाल प्रिमियर लिग

एनपीएल: आज जनकपुर र विराटनगर तथा लुम्बिनी र पोखरा भिड्दै

एनपीएल: आज जनकपुर र विराटनगर तथा लुम्बिनी र पोखरा भिड्दै


  • 99
    Shares

    एनपीएल: आज जनकपुर र विराटनगर तथा लुम्बिनी र पोखरा भिड्दै
    images

    काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुने तालिका छ।

    कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेल साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ।

    तीन खेल खेलिसकेको विराटनगरले एउटा खेलमा मात्रै जित हासिल गर्न सकेको छ । आफ्नो चैाथो खेलमा विराटनगर दोस्रो जितका लागि मैदानमा उत्रने तयारी छ ।

    उता जनकपुर बोल्ट्सले पनि तीन खेल खेलिसक्दा एकमा हार बेहोरेको छ भने दुई खेलमा विजयी भएको छ । आज जनकपुर लगातार तेस्रो जितको खोजीमा छ ।

    त्यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। अपराजित लुम्बिनी लायन्सले दुई खेलमा एक खेलमा जित निकालेको छ भने अर्को खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

    त्यस्तै पोखरा एभेन्जर्सले दुई खेल खेलिसक्दा पनि जित निकाल्न सकेको छैन । दुई खेलमा पराजित पोखरा एभेन्जर्स तेस्रो खेलमा जित्नै पर्ने दबाबमा छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - ०७:२१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij