Logo

२०८२ पौष १५ गते मंगलवार

२०८२ पौष १५ गते मंगलवार

कति उपयोगी हन्छ सुन्तलाको बोक्रा ?

कति उपयोगी हन्छ सुन्तलाको बोक्रा ?


  • 617
    Shares

    कति उपयोगी हन्छ सुन्तलाको बोक्रा ?
    images

    काठमाडौं । जाडो मौसम सुरु भएसँगै घर-घरमा सुन्तलाको बास्ना फैलिन्छ । सुन्तालाको स्वाद र गुणबारे त भन्नै पर्दैन । धेरैलाई थाहा नहुन सक्छ, यसको बोक्रा पनि निकै गुणकारी हुन्छ । यसको बोक्रा औषधिदेखि सौन्दर्यसम्म उपयोगी हुन्छ ।

    सुन्तलाको बोक्रामा के पाइन्छ ?
    सुन्तलाको बोक्रामा प्रचुर मात्रामा भिटामिन सी हुन्छ, जसले कोलाजेन उत्पादन बढाएर छाला चम्किलो र कसिलो बनाउँछ । साथै, फ्लाभोनोइड्स र एन्टिअक्सिडेन्ट पाइन्छन्, जसले फ्री–रेडिकलको असर कम गरी समयअगावै हुने बुढ्यौली रोक्न सहयोग गर्छ ।

    बोक्रामा रहेको सिट्रिक एसिडले मृत कोष हटाउन मद्दत गर्छ । एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुणले एक्ने र पिम्पल्स कम गर्छ।

    बोक्राबाट बनाउनुहोस् स्वादिलो चिया
    जाडोमा तातो चिया पिउँदा मज्जा आउँछ । सुन्तलाको बोक्रा सुकाएर वा ताजा नै उमालेर चिया बनाउनुहोस् । अदुवा र मह मिसाए झन् स्वादिष्ट हुन्छ । यो चियाले रोगप्रतिरोधि क्षमता बढाउँछ, रुघाखोकीबाट बचाउँछ ।

    पाचन सुधार्छ, तौल नियन्त्रण गर्छ र मुटु स्वस्थ राख्छ । एन्टिअक्सिडेन्टले छाला चम्किलो बनाउँछ र जाडोको निम्त्याउने सुक्खापन हटाउँछ । भाइरल संक्रमणलाई रोक्ने काम गर्छ ।

    बोक्राको चुर्णस् घरेलु औषधि
    सुकेको बोक्रा पिसेर चुर्ण बनाउनुहोस् र दैनिक खानामा मिसाएर खानुहोस् । यो चुर्णले रक्तचाप नियन्त्रण गर्छ, कोलेस्टेरोल घटाउँछ । पेटको समस्या जस्तै कब्जियत र अम्लपित्त हटाउँछ । एन्टिअक्सिडेन्टले शरीर डिटक्स गर्छ र रोगबाट बचाउँछ।

    भान्सामा सुगन्ध फैलाउन
    सुकेको बोक्रालाई सजाएर भान्सामा राख्न सकिन्छ । यसमा हुने सिट्रसी तत्वले बास्ना फैलाउँछ। त्यसका लागि सिसाको आकर्षक बट्टामा बोक्रा राख्न सकिन्छ । यसले सुगन्ध पनि फैलाउँछ, हेर्दा आकर्षक देखिन्छ ।

    सौन्दर्यका लागि प्राकृतिक प्याक
    बोक्रा पिसेर पाउडर बनाएर दही वा महसँग मिसाएर फेस प्याक लगाउन सकिन्छ । यसको प्याक बनाएर लगाउँदा मृत कोषिका हटाएर छाला सफा बनाउँछ । बोक्रामा हुने भिटामिन सीले छाला कसिलो बनाउँछ, प्राकृतिक चमक ल्याउँछ ।

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - १३:५९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij