Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

टुँडिखेलमा तमु ल्होसारको यस्तो छ रौनक

टुँडिखेलमा तमु ल्होसारको यस्तो छ रौनक


  • 1.6K
    Shares

    टुँडिखेलमा तमु ल्होसारको यस्तो छ रौनक

    काठमाडौं । काठमाडौं । गुरुङ समुदायको मुख्य चाड तमु ल्होसार आज विभिन्न कार्यक्रम गरी धुमधामले मनाइएको छ । गुरुङ समुदायले आज पुरानो वर्षलाई विदा गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाएका हुन् ।

    तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

    tamu1.JPG

    यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

    काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाएका छन् । काठमाडौं बसोबास गर्ने विभिन्न जिल्लाका गुरुङ समुदायका बालबालिका महिला पुरुषहरुले आफ्नो पहिचान झल्कने  भेषभुषा, परम्परागत सामानहरुको प्रदर्शन गर्दै  बसन्तपुरमा भेला भएर बसन्तपुरबाट र्‍याली निकालेर टुँडिखेलतर्फ प्रस्थान गरेका छन् ।tamu2.JPG

     

    पर्वको अवसरमा टुँडिखेलमा सांस्कृतिक कार्यक्रमका साथै गुरुङ समुदायका परिकारको समेत प्रदर्शनी गरिन्छ । उनीहरु आफनो भेषभुषामा सजिएर विभिन्न नाँचहरु प्रस्तुत गरिरहेका छन् । सरकारले तमु ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

     

    tamu1.JPG

     

    images
    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - १२:४४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij