२०८२ माघ १४ गते बुधवार
काठमाडौं । नेकपा एमालेको विवाद समाधानको प्रयास स्वरूप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरू भएको छ ।
प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालबीच साढे १ बजेदेखि भेटवार्ता भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।
ओली र नेपालबीच पार्टीलाई २०७५ जेठ २ को वरपरको अवस्थामा फर्काएर विभाजनउन्मुख अवस्थालाई रोक्ने उद्देश्यले वार्ता भइरहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij