२०८२ पौष १० गते बिहिवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो ।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४४ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४४ हजार २० रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij