Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

सरकारविरुद्ध माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु)

सरकारविरुद्ध माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु)


  • 645
    Shares

    सरकारविरुद्ध माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु)
    images

    काठमाडौं । जेनजी विद्रोहका मागहरु पुरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी पुस्ता समूहले मंगलवार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन् । सरकारले जेनजी विद्रोहको भावनाअनुरुप अगाडि नबढेको भन्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् । 

    यसअघि सोमवार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेनजी अगुवा मिराज ढुंगाना लगायतलाई नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीहरुले ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’, ‘अतिभो राजनीतिक खेल, आमा सरकार फेल’, ‘घाइतेका माग पूरा गर’, ‘जेनजीको माग चुनाव होइन सुशासन हो’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् । 

    केही जेनजी समूहहरुले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेनजी विद्रोहमाथि भएको दमनमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ ।

    1766474688-W0vjB.jpg

    1766474689-mNCQn.jpg

    1766474690-dYX1Q.jpg

    1766474689-Wxg6m.jpg

    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - १३:४३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij