Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

शेखरले देउवाबाट ‘धोका’ खाएकै हुन् त ? किन महन्थ ठाकुरलाई नै प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा उभिए डा. शेखर कोइराला ?

शेखरले देउवाबाट ‘धोका’ खाएकै हुन् त ? किन महन्थ ठाकुरलाई नै प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा उभिए डा. शेखर कोइराला ?


  • 4.8K
    Shares

    शेखरले देउवाबाट ‘धोका’ खाएकै हुन् त ? किन महन्थ ठाकुरलाई नै प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा उभिए डा. शेखर कोइराला ?

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने भनाई सार्वजनिक गरेका छन् । निजी निवासमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले लोकतन्त्र र संविधानको रक्षा र मधेसको मुद्दा समाधान गर्न पनि ठाकुरलाई नै प्रधानमन्त्री बनाउनुपर्ने मत अघि सारेका हुन्।

    डा. कोइरालाले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवामाथि पनि आक्रोश पोखे । संसदमा विश्वास गुमाएका व्यक्ति पुनः प्रधानमन्त्री भएर सरकार चलाउनु दुर्भाग्यपूर्ण रहेको उनको दावी छ।

    लोकतन्त्रिक अभ्यासमा संसदमा विश्वास गुमाइसकेकाले राजीनामा दिएर बाटो छोड्नुपर्ने भए पनि ओली सत्तामा टाँसिएर बसेको कोइरालाको आरोप छ।

    संसदमा एक पटक विश्वास गुमाइसकेका प्रधानमन्त्री ओलीले पुनः संसदमा विश्वासको मत माग्न जाने बताउँदै कोइरालाले यो नै संविधानको कमजोर पक्ष रहेको तर्क गरे।

    कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको उल्लेख गर्दै कोइरालाले जसपा अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री बनाउनु पर्ने बताए। मधेशको मुद्दा सम्बोधनका लागि प्रधानमन्त्री बन्न छलफलमा आउने अवसर नगुमाउन ठाकुरलाई कोइरालाले आग्रह गरेका छन्।

    यसैबीच, पार्टीको महाधिवेशनबारेको प्रश्नमा कोइरालाले सभापति देउवाबाट धोका पाएको संकेत गरे। कोइरालाले पार्टी सभापति देउवाले पार्टीको महाधिवेशन गराउन नचाहे विशेष अधिवेशनको माग गरेर पार्टीलाई जोगाउने बताएका छन्।

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १३:०५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij