Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाल बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई रकम हस्तान्तरण 

नेपाल बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई रकम हस्तान्तरण 


  • 9.4K
    Shares

    • images
    नेपाल बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई रकम हस्तान्तरण 
    images

    काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले काठमाडौँ सुविधानगर स्थित सामुदायिक विकास समितिलाई तीन लाख रकम हस्तान्तरण गरेको छ । 

    सो समितिले स्थापना काल देखिनै आफ्नो क्षेत्र भित्र बाटो, दल, खानेपानी, विजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य अनवरत रुपमा गर्दै आएको छ । 

    हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिने जनाएको छ । 

    बैंकका सहायक महाप्रबन्धक  सलोनिका सिंह र प्रमुख संचालन अधिकृत  सुरेश देवकोटाद्वारा समितिका सचिव  हर्क बहादुर भट्टराईलाई रकम हस्तान्तरण गरेका हुन् ।

    बैँकले संस्थागत नारा  “हामी सबैको बैँक” भन्ने नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ । 

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १४:१३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij