Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

मधेसका मुख्यमन्त्री यादवले पुस ४ मा विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले पुस ४ मा विश्वासको मत लिने


  • 1.8K
    Shares

    मधेसका मुख्यमन्त्री यादवले पुस ४ मा विश्वासको मत लिने

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्। 

    पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न मिति २०८२ पुस ४ गते शुक्रबारको दिन दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइ दिनुहुन अनुरोध गर्दछु।’

    विश्वसाको मत नलिएका कारण उनले मन्त्रिपरिषद् विस्तार गर्न पाएका छैनन्। उनी गत मंसिर १९ मा ६ दलका ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए। 

    madhesh-1_hvTzgKROhD.jpg

    images
    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १५:३६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij