Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मधेस प्रदेशको बजेट: नयाँ गाडी खरिदमा रोक, १ करोडभन्दा कमका टुक्रे योजना बन्द

मधेस प्रदेशको बजेट: नयाँ गाडी खरिदमा रोक, १ करोडभन्दा कमका टुक्रे योजना बन्द


  • 1.9K
    Shares

    मधेस प्रदेशको बजेट: नयाँ गाडी खरिदमा रोक, १ करोडभन्दा कमका टुक्रे योजना बन्द
    images

    काठमाडौं । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि एक करोड रुपैयाँभन्दा कम रकमका टुक्रे योजनाहरूमा बजेट नराख्ने नीति लिएको छ। मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

    सरकारले फजुल खर्च नियन्त्रण गर्न नयाँ सवारी साधन खरिदमा पूर्ण रोक लगाउने र अनुत्पादक खर्च कटौती गरी पुँजीगत क्षेत्रमा लगानी गर्ने रणनीति अपनाएको छ। साथै, सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट नदोहरिने गरी ‘एकीकृत बजेट प्रणाली’ लागु गरिने बजेटमा उल्लेख छ। 

    कृषि क्षेत्रको विकासका लागि मधेस सरकारले ‘उत्पादनशील मधेस, आत्मनिर्भर देश’ अभियान घोषणा गरेको छ। यसअन्तर्गत धान, गहुँ र मकै लगायतका बालीको बिउ उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन ‘बिउ वृद्धि परियोजना कार्यक्रम’ ल्याइने भएको छ। 

    किसानहरूलाई उन्नत बिउ खरिदमा अनुदान दिने र सरकारी अनुदान सिधै वास्तविक किसानको हातमा पुर्‍याउन ‘डिजिटल किसान कार्ड’ कार्यक्रमलाई पूर्णता दिइने अर्थमन्त्री भट्टराईले जानकारी दिए।

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १४:५२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij