२०८२ भाद्र ३ गते मंगलवार
धनगढी । शनिबार सेती अस्पतालमा गरिएको परीक्षणमा थप ५ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८ सय ३५ नमुना परीक्षण गर्दा ५ सय ५५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै २७२ जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका २ सय ६३ जना र अन्य जिल्लाका २० जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । हाल अस्पतालमा १०८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका ५ र बैतडीका १ जना संक्रमितको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५३ वर्षीय पुरुष, बर्दगोरिया गाउँपालिका–२ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका–१० की ५८ वर्षीया महिला, गोदावरी १० कै ६४ वर्षीय पुरुष र गोदावरी १ कका ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
त्यस्तै बैतडीको दशरथचन्द नगरपालिका–४ का ३६ वर्षीय पुुरुषको पनि मृत्यु भएको उनले बताए। पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट कोही पनि डिस्चार्ज भएका छैनन् भने थप १६ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij