Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

मधेसमा सभामुख चयन प्रक्रिया अघि बढ्यो, ६ गते निर्वाचन हुने

मधेसमा सभामुख चयन प्रक्रिया अघि बढ्यो, ६ गते निर्वाचन हुने


  • 603
    Shares

    मधेसमा सभामुख चयन प्रक्रिया अघि बढ्यो, ६ गते निर्वाचन हुने
    images

    काठमाडौं । मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ । पुस ६ गते बस्ने प्रदेशसभा बैठकमार्फत निर्वाचन प्रक्रियाबाट सभामुख चयन गरिने उपसभामुख बबिता राउतले जानकारी दिएकी छन् ।

    उनका अनुसार सभामुख चयनका लागि आवश्यक निर्वाचनसम्बन्धी प्रक्रिया सूचना प्रकाशित गरी सार्वजनिक गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिइएको छ ।

    एमालेका प्रदेशसभा सदस्यहरू महाधिवेशनमा व्यस्त रहेकाले सभामुख चयन प्रक्रिया केही समयका लागि पछाडि धकेलिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

    अब पुस ६ गतेको बैठकबाट मधेस प्रदेशसभाले नयाँ सभामुख पाउने अपेक्षा गरिएको छ ।

     

     

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १५:०९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij