२०८२ पौष २ गते बुधवार
काठमाडौं । स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट-२०८२ आयोजना तथा प्रवद्र्धनका लागि सम्झौतापत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार स्किल सेवा प्रा.लि.द्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट-२०८२ मा शिवम् सिमेन्ट लिमिटेड "Powered By" प्रायोजक को रूपमा आबद्ध भएको हो ।
घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रिय स्तरको प्रदर्शनी २०८२ पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनी सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहने आयोजकले जनाएको छ ।
घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी आयोजना हुने यस फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, परामर्श, सामग्री साथै नेपाल भरिका निर्माण व्यावसायीहरु र प्रविधिहरू द्वारा एउटै थलोमा प्रस्तुत गरिनेछ । कार्यक्रमले गुणस्तरीय, सुरक्षित र दिगो घर निर्माणबारे राष्ट्रिय सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ ।
यसैगरी, एक्पोको विशेष आकर्षणका रूपमा गिनिज वल्र्ड रेकर्ड कायम गर्ने उद्देश्यसहित संसारकै सबैभन्दा ठूलो इट्टा प्रदर्शनीमा राखिने जानकारी दिइएको छ । उक्त प्रयासले नेपाली निर्माण क्षेत्रको क्षमता र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ ।
नेशनल घर निर्माण एक्पो-२०८२ ले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा आम उपभोक्तालाई घर निर्माणसम्बन्धी नवीन जानकारी र अनुभव साटासाट गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला-ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा BIS (ISI), URS प्रमाणित ISO Certificates प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij