२०८२ पौष १ गते मंगलवार
काठमाडौं । एमाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका केपी शर्मा ओलीको प्रस्तावकमा रामबहादुर थापा ‘बादल’ र समर्थकमा विष्णु पौडेल रहेका छन् ।
ओलीले सोमबार अपराह्न भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
ओलीले तेस्रो पटक पार्टी हाँक्ने लक्ष्यसहित आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा चुनौती दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij