Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानमन्त्री ओलीले शपथ ग्रहण कार्यक्रममा राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भनेपछि...

प्रधानमन्त्री ओलीले शपथ ग्रहण कार्यक्रममा राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भनेपछि...


  • 7.7K
    Shares

    प्रधानमन्त्री ओलीले शपथ ग्रहण कार्यक्रममा राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भनेपछि...

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओलीले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    संविधानको धारा ७६ को ९३० बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी थिए ।

    सपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले देश र जनताका नाममा सपथ ग्रहणको प्रतिज्ञा गर्न समेत नपर्ने भन्दै मजाक उडाएका छन् । प्रधानमन्त्री ओलीले ‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराइन् ।

    तर, प्रधानमन्त्री ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश दोहोर्याउन छुटाए । त्यसपछि राष्ट्रपति भण्डारीले पुनः वाक्य दोहोर्याउँदा प्रधानमन्त्री ओलीले ‘यो पर्दैन’ भन्दै अगाडि बढाएका थिए । त्यसपछि राष्ट्रपति भण्डारी हाँस्दै बाँकी वाक्यां पढ्न थालिन् ।

    यसै विषयलाई लिएर अहिले सोसल मिडियामा विभिन्न आलोचना हुन थालेको छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १७:४०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij