Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

म्यानमारबाट ४७ जना नेपाली नागरिकको उद्धार, ४५ पुरुष र २ महिला

म्यानमारबाट ४७ जना नेपाली नागरिकको उद्धार, ४५ पुरुष र २ महिला


  • 456
    Shares

    म्यानमारबाट ४७ जना नेपाली नागरिकको उद्धार,  ४५ पुरुष र २ महिला
    images

    काठमाडौं । विभिन्न प्रलोभनमा परी म्यानमारका अवैध अनलाइन स्क्यामिङु केन्द्रहरूमा काममा बोलाइएका ४७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। 

    थाइल्यान्डस्थित नेपाली राजदूतावासले थाइल्यान्डका सम्बन्धित निकायहरूसँगको समन्वय र सहयोगमा उनीहरूलाई उद्धार गरी बुधबार नेपाल फर्काएको हो।

    उद्धार गरिएका नेपालीहरूलाई नेपाल वायुसेवा निगमको विमान मार्फत काठमाडौं पठाइएको दूतावासले जानकारी दिएको छ । 

    दूतावासले सामाजिक सञ्जाल वा अपरिचित व्यक्तिको लहलहीमा लागेर रोजगारीका लागि विदेश नजान आग्रह गरेको छ। नेपाल सरकारको श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र भिजिट भिसामा थाइल्यान्ड, म्यानमार, लाओस, कम्बोडिया जस्ता मुलुकमा कामको खोजीमा नजान दूतावासले सचेत गराएको छ।

     

    प्रकाशित मिति :मंसिर २४ २०८२ बुधवार - १६:४४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij