Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट

केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट


  • 1.2K
    Shares

    केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट
    images

    काठमाडौं । नेकपा (एमाले)का सचिव लेखराज भट्टले पार्टीको नेतृत्वको केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डतालाई बलियो बनाउनका लागि पनि ओलीलाई नेतृत्वमा निरन्तरता दिएर अघि बढ्ने निष्कर्षमा पुगिएको बताएका हुन् । 

    सचिव भट्टले नेपाललाई समृद्ध बनाउने र सबै नेपाली जनतालाई खुशी बनाउने समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्न पनि ओलीलाई पार्टीले नेतृत्वमा स्वीकार गरेर अघि बढ्नुपर्ने अवस्था रहेको तर्क गरेका छन् ।

    उनले भने, ‘हाम्रो बहस यतिखेर कहाँ केन्द्रित हुनुपर्छ भने नेपालको भावी भविष्यलाई हामी कसरी अगाडि बढाउन सक्छौँ ? र, महाधिवेशनले निर्धारण गर्ने भनेको भोलीको नेपालको भविष्य त्यो पनि समृद्ध नेपाल, सुखी नेपाली भनेका छौ । त्यो समाजजवादतिर जाने बाटो हो । यसलाई मानिसहरुले विभिन्न अर्थबाट लिन्छन् । र यसलाई विकाससँग मात्रै जोड्छन् ।, विकसित मुलुकलाई हे¥यो भने के पाउनुहुन्छ भन्दा त्यहाँ समृद्धि त छ । तर सबै जनता सुखी छैनन । त्यो भएर हाम्रो पार्टीले विशेष गरी के भन्यो भने समृद्ध नेपाल, सुखी नेपाली । त्यो उत्पादनसँग जोडिएको छ । त्यो विचारसँग जोडिएको छ । त्यो नीति भनेको समाजवादउन्मुख नीति हो । त्यो भएर यो चिजलाई केन्द्रित गरेर हामी अहिलेको यो एघारौ महाधिवेशनले नेतृत्वमा जसरी केन्द्रिकरण गर्छ । त्यो पनि केपी कमरेडकै नेतृत्वमा केन्द्रिकृत भएर हामी जानुपर्छ । गोलबन्द भएर जानुपर्छ । र, हामी जति सुदृढ र एकता हुन्छौँ, त्यति नै एमालेले जनताको कामलाई अगाडि बढाउन सक्छ । र, हाम्रो राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डता, त्यो बलियो हुन्छ । वाह्य हस्तक्षेपलाई हामी परास्त गर्नसक्छौँ । यो अहिलेको महाधिवेशन यसैमा केन्द्रित भएर जानुपर्छ ।’  

    सचिव भट्टले आफूले नेतृत्वको सल्लाह अनुसारनै पार्टीको जिम्मेवारी लिने योजना बनाएको पनि बताएका छन् । 

    प्रकाशित मिति :मंसिर २३ २०८२ मंगलवार - १७:१७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij