Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

लगातार घटेको शेयर बजार आज ७ अंकले बढ्यो, पौने ४ अर्बको कारोबार

लगातार घटेको शेयर बजार आज ७ अंकले बढ्यो, पौने ४ अर्बको कारोबार


  • 1.5K
    Shares

    लगातार घटेको शेयर बजार आज ७ अंकले बढ्यो, पौने ४ अर्बको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ। आज नेप्से ७.३९ अंकले बढेर २६१४.०७ को विन्दुमा कायम भएको छ । 

    आज दिनभरमा १४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ। आज पौने ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको ३१ करोड ९२ लाख रुपैयाँको भएको छ।

    बैंकिङ ०.१२, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.१७ तथा व्यापार ०.०१ प्रतिशत घटेको छ। विकास बैंक ०.३१, फाइनान्स ०.४०, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.८४, लगानी ०.१६, जीवन बीमा ०.८२ तथा उत्पादन/प्रशोधन ०.५३ प्रतिशत बढेको छ। 

    तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक, माथिल्लो मैलुङखोला जलविद्युत् छन् । त्यस्तै स्वेतगंगा हाइड्रोपावरको ८.७६, सुपरमादी हाइड्रोपावरको ८.१० प्रतिशत मूल्य बढेको छ । 

    23.JPG

    images
    प्रकाशित मिति :मंसिर २३ २०८२ मंगलवार - १५:४०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij