२०८२ भाद्र ४ गते बुधवार
भारतको उत्तर प्रदेशमा एक दम्पत्तिले सेकेण्ड ह्याण्ड कार किन्न आफ्नो सानो बच्चालाई डेढ लाख भारतीय रुपैयाँमा व्यापारीलाई बेचेको खुलेको छ । घटनाको खुलासा बच्चाको हजुरबुबा र हजुरआमाले गरेका थिए ।
उनीहरुले बच्चा बेचेको आरोपमा बच्चाको बाबुआमाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । बच्चा तीन महिना अघि कन्नौजको तिरवा कोतवाली क्षेत्रमा जन्मिएको थियो । बच्चा अझै पनि व्यापारीसँग रहेको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij