Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

ओली-नेपाल साँझ ६ बजे भेट्दै, सहमतिलाई टुङ्ग्याउने गरी छलफल हुने

ओली-नेपाल साँझ ६ बजे भेट्दै, सहमतिलाई टुङ्ग्याउने गरी छलफल हुने


  • 6.2K
    Shares

    ओली-नेपाल साँझ ६ बजे भेट्दै, सहमतिलाई टुङ्ग्याउने गरी छलफल हुने

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएर कार्यभार सम्हालेपछि एमालेका वरिष्ठ नेता र कार्यदलमा रहने नेताहरूसहित साँझ ६ बजे भेटघाट गर्ने भएका छन्। ओली–नेपाल दुवैले गरेको सहमतिलाई कार्यदल मार्फत टुङ्ग्याउने गरी आज साँझ पुन छलफल गर्ने भएका हुन्।

    एमाले स्रोतका अनुसार ओली पक्षबाट अध्यक्ष ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनेछन्। यस्तै नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुने छन्। आज नेपाल पक्षलाई ओलीले मन्त्रिपरिषद्मा सहभागी हुन आग्रह गरे पनि अहिले नै मन्त्रिपरिषद्मा नजाने निर्णय गरेका थिए। नेपाल पक्षले अस्वीकार गरेपछि ओलीले पुरानै मन्त्रीहरूलाई निरन्तरता दिएका थिए।

    बिहीबार उनीहरू चपलीहाइट स्थित ओली–नेपालबिच रामेश्वर थापाको घरमा कुराकानी गरेका थिए। शुक्रवार पनि उक्त कुराकानीलाई उनीहरूले कार्यदलका सदस्यहरूसहित छलफलमा बस्न लागेका हुन्। ओली र नेपालबिच बिहीबारको भेटवार्ता सकारात्मक भएको र पार्टीभित्र देखिएका विवाद समाधान उन्मुख रहेको नेताहरूको भनाइ थियो।

    एक कार्यदल बनाएर विवाद हल गर्नेमा उनीहरू छन्। नेपाल पक्षले सांसद पदबाट राजीनामा दिने भने पनि बिहीबारको छलफलपछि रोकिएको थियो। अध्यक्ष ओलीले नेपालसहित उनी पक्षका चार नेतालाई गरेको कारबाही फुकुवासमेत गरेका थिए। नेपाल पक्षले २०७५ जेठ २ को संरचना अनुसार पार्टी अगाडि बढ्नुपर्ने अडान राखेका छन्।

    उनीहरूले आज नै २०७५ जेठ २ गतेको अवस्थामा रहेको स्थायी कमिटी र केन्द्रीय कमिटी र पदाधिकारी मध्ये एक बैठक राख्नुपर्ने बताउँदै आएका छन्। ओलीले पदाधिकारीहरूको बैठक राख्न आनाकानी गर्दै आएका छन्।

    नेपाल पक्षले बैठक आफ्नो समूहको दिउँसो २ बजेका लागि बोलाइएको थियो। बैठकमा प्रधानमन्त्री केपी ओलीसँग व्यवसायी रामेश्वर थापाको बुढानिलकन्ठस्थित निवासमा भएको चार घण्टा लामो छलफल र छलफलबाट निस्केको निष्कर्ष र अव आफू पक्षले लिने रणनीतिका विषयमा नेता नेपालले विफ्रिङ गरेका थिए।

     

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १६:३२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij