Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बहुमतीय सरकारमा दावी गर्न उचित नभएकोमा समीक्षा गर्दै निकाले यस्तो निष्कर्ष

बहुमतीय सरकारमा दावी गर्न उचित नभएकोमा समीक्षा गर्दै निकाले यस्तो निष्कर्ष


  • 4.1K
    Shares

    बहुमतीय सरकारमा दावी गर्न उचित नभएकोमा समीक्षा गर्दै निकाले यस्तो निष्कर्ष

    काठमाडौं। तीन विपक्षी दलका नेताहरुले बहुमतीय सरकारको दावी नगरेर ठीक गरिएको निष्कर्ष निकालेका छन् ।

    बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी यादव समूहले बहुमतीय सरकारमा दावी गर्न नसकेका बारेमा समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेका हुन् ।

    छलफलमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताको उपस्थिति थिए ।

    माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार जसपाको पूरै समर्थन नभएका बेलामा सरकारको दाबी पेश नगर्नु उचित नै भएको निष्कर्ष निकालिएको हो ।

    बैठकले अब केपी ओलीले के गर्छन् चुनावको दिशातिर जान्छन् कि, महन्थहरूलाई हात लिएर विश्वासको मत लिन्छन्, त्यो हेरेर थप रणनीति तय गर्ने सहमति बनेको श्रेष्ठको भनाइ थियो ।

    छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड हुनुहुन्थ्यो । माओवादी केन्द्रबाट अध्यक्ष दाहाल, प्रवक्ता श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल, ओनसरी घर्ती हुनुहुन्थ्यो ।

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १६:१५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij