Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

फिल्म ‘लोकन्ती’ को गीत सार्वजनिक

फिल्म ‘लोकन्ती’ को गीत सार्वजनिक


  • 904
    Shares

    फिल्म ‘लोकन्ती’ को गीत सार्वजनिक
    images

    काठमाडौं । आगामी शुक्रबार (मङ्सिर २६) बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लोकन्ती’ को गीत ‘जन्ती लाई मन पर्‍यो लोकन्ती’ सार्वजनिक गरिएको छ ।

    रोमान्टिक डान्सिङ्ग नम्बरको रुपमा सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार यसराज गराच, ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने र विकाश अधिकारीको अभिनय रहेको छ । गीतमा कविर सिंह ठकुरीको स्वर र  सन्दीप डाँगीको शब्द, संगीत छ ।

    परिवार, प्रेम, संघर्ष, शान्तिको बिषयमा निर्माण भएको फिल्म रञ्जित रानाले निर्देशन गरेका हुन् । कृशन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सन्तोष न्यौपाने हुन् । 

    फिल्ममा यसराज र ऋचाको अलवा विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभा लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ । काजी लिम्बुले लेखन रहेको फिल्ममा संगीत विकास चौधरी, छायाङ्कनमा रोनिश तामाङ च्याङ्बा र सम्पादन गौतमराज खड्काको रहेको छ । 

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १४:०५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij