Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने


  • 1.2K
    Shares

    • images
    रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आजबाट आवेदन दिन सकिने छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो।

    कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर बिक्री गर्न लागेको छ। कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२०.८० रुपैयाँ रहेको छ। यस हिसाबले लगानीकर्ताले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले आवेदन दिनुपर्नेछ।

    गत वर्ष माघ १० गतेदेखि माघ १४ गतेसम्म बुक बिल्डिङ विधिमार्फत कम्पनीले कुल कित्ताको ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री खुला गरेको थियो। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिशेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो। 

    वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आइपीओको निष्कासन बन्द छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गते बैंकिङ समयपछि हुनेछ।

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ। 

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १०:१८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij