Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

खोप लगाउन जाँदा प्रचण्ड र माधव नेपालको भेटवार्ता

खोप लगाउन जाँदा प्रचण्ड र माधव नेपालको भेटवार्ता


  • 5.3K
    Shares

    खोप लगाउन जाँदा प्रचण्ड र माधव नेपालको भेटवार्ता

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    नयाँ बानेश्वरस्थित संसद भवनमा कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने सन्दर्भमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।खोप लगाएर आराम गर्ने ठाउँमा एउटै समयमा पुगेका दुवै नेता केहीबेर गोप्य कोठामा बसेर कुराकानी गरेका थिए ।

    कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सकेर प्रचण्ड नयाँ बानेश्वरस्थित संसद भवन पुगेका थिए । नेपाल भने बिहानदेखि आफ्नो पक्षका नेताहरुसँगको बैठक सकेर खोप लगाउन संसद भवन पुगेका थिए ।

    नेकपा एक हुँदासम्म ओलीविरुद्ध एक ठाउँमा उभिएका प्रचण्ड र नेपालबीच बिहीबारको घटनाक्रम पछि खटपट शुरू भएको आंकलन गरिएको छ । बहुमतको सरकार गठनमा नेपालले साथ नदिँदा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास विफल बनेको थियो ।

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १५:०१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij