Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल

एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल


  • 673
    Shares

    एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल
    images

    काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताएकी छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।   

    उनले भनिन्, ‘समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको छ । एआईले पत्रकारिता कहाँ पुर्‍याउने भन्ने अनिश्चितता बढाएको छ । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको छ ।’ 

    एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको उनले सुनाइन् । पत्रकारिता क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेकाले उनले पत्रकारहरूलाई यसमा ध्यान दिन आग्रह गरिन् । 

    पत्रकारिताको सकारात्मक कदममा सरकार सधैँ साथमा रहेको छ र सकारात्मक कदमका लागि सरकारले सधैँ सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।

     

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - ११:०५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij