Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

शीतलनिवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराउने तयारी

शीतलनिवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराउने तयारी


  • 5.6K
    Shares

    शीतलनिवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराउने तयारी

    काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

    राष्ट्रपति भवन शीतलनिवासमा शुक्रवार दिउँसो २ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई शपथ गराउने तयारी छ । 

    वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत नपाएर पदमुक्त भएका ओली बिहीवार पुनः प्रधानमन्त्री नियुक्त भएका थिए । संविधानको धारा ७६ उपधारा ३ अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता ओलीलाई बिहीवार प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । 

    शपथलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका एमाले स्रोतले जानकारी दियो । अधिकांश यसअघिको मन्त्रिपरिषद्कै अनुहार दोहोरिने र केही नयाँ अनुहारले अवसर पाउने सम्भावना रहेको स्रोतले बताएको छ । 

     

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १४:०१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij