Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सरकारमा सहभागी हुन जसपालाई प्रधानमन्त्रीको प्रस्ताव, आफूहरूको एजेण्डा सम्बोधन नभइ तत्काल सहभागी नहुने ठाकुर-महतोको जवाफ

सरकारमा सहभागी हुन जसपालाई प्रधानमन्त्रीको प्रस्ताव, आफूहरूको एजेण्डा सम्बोधन नभइ तत्काल सहभागी नहुने ठाकुर-महतोको जवाफ


  • 6.4K
    Shares

    सरकारमा सहभागी हुन जसपालाई प्रधानमन्त्रीको प्रस्ताव, आफूहरूको एजेण्डा सम्बोधन नभइ तत्काल सहभागी नहुने ठाकुर-महतोको जवाफ

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्।जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन प्रस्ताव राखेका हुन्।

    जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग भने ओलीले छलफल गरेका छैनन्। भट्टराई र यादव ओलीलाई हटाउन चाहान्थे भने ठाकुर र महतो ओलीकै निरन्तराको पक्षमा छन्।

    सरकारमा सहभागी हुन प्रस्ताव आए पनि आफूहरूको एजेण्डा सम्बोधन नभइ सरकारमा नजाने ठाकुर-महतो निकटकी सांसद एवम् जसपा कार्यकारिणी सदस्य चन्दा चौधरीले जानकारी दिइन्।

    ‘संविधान संशोधनका लागि मस्यौदा समिति, नेता कार्यकर्ताको रिहालगायतका एजेण्डाको सम्बोधन हाम्रो मुख्य उद्धेश्य हो,' चौधरीले भनिन्, ‘हामी सरकारमा गयौं भने पनि एक डेढ महिनापछि जान्छौं। त्यति बेलासम्म हाम्रा माग पुरा हुने चरणमा हुनुपर्छ। अन्यथा हामी सरकारमा जादैनौं।’

    जसपाको ठाकुर र महतोले ओलीको निरन्तरता चाहेकै कारण वैकल्पिक सरकार बन्न नसकेको हो ।

    वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार राति ९ बजेसम्मको समय दिएकी थिइन्। जसपाको भट्टाराई-यादव पक्षले बैकल्पिक सरकारका लागि प्रयास गरे पनि ठाकुर-महतोले आफूहरू तटस्थ बस्ने भनेर राष्ट्रपतिलाई जानकारी नै गराएका थिए।

    बैकल्पिक सरकार बन्न नसकेसँगै राष्ट्रपति भण्डारीले ओलीलाई ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त गरेकी हुन्। ओलीले आजै प्रधानमन्त्रीको सपथ लिदैछन्।

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १२:२९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij