Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

ओली–नेपालको वार्तापछि वामदेव भन्छन् – पार्टीको एकता निर्माणमा सफलता मिलोस्

ओली–नेपालको वार्तापछि वामदेव भन्छन् – पार्टीको एकता निर्माणमा सफलता मिलोस्


  • 6.9K
    Shares

    ओली–नेपालको वार्तापछि वामदेव भन्छन् – पार्टीको एकता निर्माणमा सफलता मिलोस्

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकताका लागि सफलताको शुभकामना दिएका छन्। 

    शुक्रबार सामाजिक सञ्जाल मार्फत उपाध्यक्ष गौतमले अध्यक्ष ओली र नेता नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि प्रारम्भिक सम्वाद शुरु भएको भन्दै यो एमाले निम्ति एक महत्वपूर्ण घटनाको रुपमा स्थापित हुनुपर्ने बताएका छन्।  

    बिहीबार ओली र नेपालबीच भएको वार्ता सकारात्मक भएको नेताहरुले बताइरहँदा उपाध्यक्ष गौतमले पार्टी एकता सफलताको शुभकामना दिएका हुन्। त्यस्तै अध्यक्ष ओली नेपालको ४३ औं प्रधानमन्त्री नियुक्त भएकोमा गौतले बधाई दिएका छन्। 

    प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा बिहीबार पुनः केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
     

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - ११:३४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij