२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले साविक विजेता जनकपुर बोल्ट्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनायो । चितवनका लागि ओपनर डेविड मलानले सर्वाधिक ८० रन बनाए । उनले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । उनले अर्जुन साउदसँग पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए । अर्जुन ५२ रनमा आउट भए ।
सैफ जैव ७, रवि बोपारा ३ रनमा आउट भए । कप्तान कुशल मल्ल ३० र अमरसिंह रौटेला एक रनमा अविजित रहे । अन्तिम ओभरमा कुशलले १८ रन जोडे ।बलिङमा जनकपुरका अनिल शाह, माज सदाकत, रुपेश सिंह र जोन निकोल लोफ्टी इन्टनले एकएक विकेट लिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij