Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

४ अंकले घट्यो नेप्से, ४ अर्ब ७१ करोडमा खुम्चियो कारोबार

४ अंकले घट्यो नेप्से, ४ अर्ब ७१ करोडमा खुम्चियो कारोबार


  • 309
    Shares

    ४ अंकले घट्यो नेप्से,  ४ अर्ब ७१ करोडमा खुम्चियो कारोबार
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । नेप्से परिसूचक ४.२८ अंकले घटेर २,६४५ को विन्दुमा कायम भएको छ । 

    आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ । 

    यस दिन सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.६८, होटल तथा पर्यटन ०.०४, लगानी ०.७३, जीवन बीमा ०.५१, अन्य ०.१८ तथा व्यापार ०.१० प्रतिशत घटेको छ ।

    माइक्रोफाइनान्स ०.६१, उत्पादन तथा प्रशोधन ०.३०, जलविद्युत् ०.२२, फाइनान्स ०.९१ तथा विकास बैंक ०.२६ प्रतिशत बढेको छ ।

    आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २७ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बन्दीपुर केबलकारको १४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    15.JPG

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १५:३०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij