Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जसपा ठाकुरको अध्यक्षतामा डोलेश्वर रिसोर्टमा संसदीय दलको बैठक शुरु, को-को भए सहभागी (नामावलीसहित)

जसपा ठाकुरको अध्यक्षतामा डोलेश्वर रिसोर्टमा संसदीय दलको बैठक शुरु, को-को भए सहभागी (नामावलीसहित)


  • 6.1K
    Shares

    जसपा ठाकुरको अध्यक्षतामा डोलेश्वर रिसोर्टमा संसदीय दलको बैठक शुरु, को-को भए सहभागी (नामावलीसहित)

    काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा डोलेश्वर रिसोर्टमा संसदीय दलको बैठक शुरु भएको नेता चन्दा चौधरीले बताइन् ।

    अध्यक्ष ठाकुरले बैठक डोलेश्वरमा डाकेको उनको दाबी छ । बैठकमा १९ जना सांसद सहभागी भएको उनको भनाई छ । बैठकमा ३२ जना सांसदलाई नै डाकिएको र थप ३ जना आउँदै गरेको उनको भनाई छ ।

    तपाईंहरुलाई महेश बस्नेतको व्यवथापनमा भक्तपुर पुर्याइएको हो ? भनी सोध्दा चौधरीले भनिन्,‘हामी आलुको बोरा होइनौं कसैले उठाउँदैमा उठाएर लाने ।’ उनले बैठक पछिल्लो राजनीतिक अवस्थाबारे छलफलमा केन्द्रित रहेको बताइन् ।

    सत्ता राजनीतिकको खेल उत्कर्षमा पुगिरहँदा जनता समाजवादी पार्टीका सांसद भक्तपुरस्थित सिपाडोलको रिसोर्टमा पुगेका हुन् उनीहरुलाई नेकपा एमालेका सांसद महेश बस्नेतको संयोजनमा त्यहाँ पुर्याइएको हो ।

    बैठकमा सहभागी सांसदहरु

    महन्थ ठाकुर
    राजेन्द्र महतो
    शरतसिंह भण्डारी
    विमल प्रसाद श्रीवास्तव
    अनिलकुमार झा
    अमृता अग्रहरी
    चन्दा चौधरी
    चन्द्रकान्त चौधरी
    उमाशंकर अरगरिया
    दुलारी देवी खंगा

    नरमाया ढकाल
    निर्जला राउत
    राजकिशोर यादव
    रानी मण्डल

    लक्ष्मणलाल कर्ण

    प्रमोद साह

    रुही नाझ

    कालु देवी विश्वकर्मा

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १७:५६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij