Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

३ लाख धरौटी बुझाएर छुटे गायक बाबुल गिरी

३ लाख धरौटी बुझाएर छुटे गायक बाबुल गिरी


  • 659
    Shares

    ३ लाख धरौटी बुझाएर छुटे गायक बाबुल गिरी
    images

    काठमाडौं । गायिका नीतु पौडेलको आत्महत्या प्रकरणमा पक्राउ परेका गायक धनराज बहादुर (बाबुल) गिरी ३ लाख धरौटीमा रिहा भएका छन् । 

    काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताएका छन् । 

    बाबुल र नीतु केही समयदेखि प्रेममा थिए । प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु नै उनको आत्मदाहको कारण बनेको भन्दै अदालती बयानमा पनि बाबुलले पश्चाताप गरेका छन् । प्रतिवादीले गल्ती स्वीकार गरेको अवस्थामा अदालतले तत्कालका लागि धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ ।  ।

    कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा नीतुले शरीरमा पेट्रोल छर्केकी थिइन्। उपचार क्रममा बर्न अस्पताल कीर्तिपुरमा कात्तिक ७ गते  मृत्यु भएको थियो।  

    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - १३:२२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij