Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सरकारलाई नारायणकाजीको प्रश्‍न : जनता ‘मारेर’ कसरी बस्‍न सकेको ?

सरकारलाई नारायणकाजीको प्रश्‍न : जनता ‘मारेर’ कसरी बस्‍न सकेको ?


  • 6.7K
    Shares

    सरकारलाई नारायणकाजीको प्रश्‍न : जनता ‘मारेर’ कसरी बस्‍न सकेको ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले कोभिड–१९ को महामारीबाट नागरिकलाई बचाउन आ–आफ्नो ठाउँबाट लाग्न सबैलाई आग्रह गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

    “यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो । आईसीयू र भेन्टिलेटरको कुरा छाडौँ, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दाहेर्दै मरिरहेका छन् । उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराइरहेका छन् । राजधानीका कतिपय ठूला अस्पतालहरुले भर्ना भइ उपचाररत कोभिड बिरामीलाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबाट बाहिर पठाइरहेका छन् भने कतिपय अस्पतालले अब कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन्,” उनले लेखेका छन्, “बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामीहरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारीबाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनुभएका ट्रमा सेन्टरका डाइरेक्टर डाड्ड सन्तोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ ।”

    नेता श्रेष्ठले गर्न सक्ने काम पनि नगरी जनता मारिरहेको आरोप लगाए । “गर्न सक्ने काम पनि नगरी जनता ‘मारेर’ बस्न कसरी सकेको छ सरकार ? यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको असाधारण नमुनायोग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ–आफ्नो ठाउँबाट जे–जे गर्न सकिन्छ, सबै लागौँ,” उनको अपिल छ ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - ११:५७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij