Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

अक्सिजन नपाउँदा बुटवलमा आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु

अक्सिजन नपाउँदा बुटवलमा आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु


  • 4.8K
    Shares

    • images
    अक्सिजन नपाउँदा बुटवलमा आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु

    बुटवल । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ ।

    समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।

    मृत्यु हुनेमा बुटवल–८का २९ वर्षीय पुरुष, बुटवल– ११का ५२ वर्षीय पुरुष, बुटवल–१२ का ५९ वर्षीय पुरुष र बुटवल–१३ का ५२ वर्षीय पुरुष तथा बर्दघाटकी ४४ वर्षीया महिला रहेको प्रवक्ता गौतमले बताए ।

    ‘अस्पतालमा माग अनुसार अक्सिजन नभएको र अन्यत्रबाट आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु हुन पुग्यो’–अस्पतालका प्रवक्ता डा। गौतमले भने–‘अक्सिजनको अभावले एकातिर बचाउन सकिने विरामीको पनि ज्यान गइरहेको छ, अर्कोतिर अस्पताल प्रशासनलाई निकै तनाव र समस्या भइरहेको छ ।’

     

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १७:१७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij