Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

चितवनमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

चितवनमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु


  • 4.9K
    Shares

    • images
    चितवनमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

    चितवन । पछिल्लो चौबीस घण्टामा चितवनका विभिन्न अस्पतालमा उपचार गराइरहेका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

    जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा ४र४ र पुरानो मेडिकल कलेजमा ३ जना संक्रमितको उपचारकाक्रममा मृत्यु भएको हो। 

    मृत्यु हुनेहरु ५ जना चितवनका छन्। अन्य गुल्मीका २ जना, रुपन्देही, नवलपरासी, रोल्पा र बाराका १/१ जना रहेको उक्त कार्यालयले जनाएको छ। वैशाख १५ यतामात्रै चितवनका अस्पतालहरुमा उपचाररत ८६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यसमा ३४ जना चितवनका हुन्। 

    यो अवधिमा ४२ जना भने निको भएर घर फर्किका छन्। चितवनका विभिन्न अस्पतालहरुमा अहिले ४५६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ। उनीहरु मध्ये १९८ जनामात्रै चितवनका हुन्। 

    यहाँका अस्पतालहरुमा अहिले ४४ जना भेन्टिलेटरमा उपचाररत् छन्। २२८ जनाको आइसियू र ७८ जनाको एचडियूमा उपचार चलिरहेको छ। कोरोना संक्रमितको सघन उपचार गर्दै आएका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा अब १४ वटा आइसियूमात्रै खाली छन्। 

    चितवन मेडिकल कलेजमा ३५ भेन्टिलेटरसहित १६२ शैयाको आइसियू रहेकामा १५८ जना भर्ना छन्। पुरानो मेडिकल कलेजमा ३१ भेन्टिलेटरसहित ९० आइसियू रहेकोमा ७३ जना संक्रमित भर्ना भएका छन्। भरतपुर अस्प्तालका १० आइसियू पनि भरिएका छन्। 

    यी अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि तयार पारेका २०८ शैयाको कोभिड वार्डमा १४४ जनाको उपचार चलिरहेको छ।  

     

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १६:३९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij