Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

चौलागाईँका निधनमा पार्टीको आधा झण्डा झुकाइने

चौलागाईँका निधनमा पार्टीको आधा झण्डा झुकाइने


  • 5.1K
    Shares

    चौलागाईँका निधनमा पार्टीको आधा झण्डा झुकाइने

    काठमाडौँ । नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईँका निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।  उहाँको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा  शोकपुस्तिका पनि राखिने छ ।

    एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागार्इँको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ । साथै कार्यालयमा शोकपुस्तिकासमेत राखिएको छ ।

    पार्टी केन्द्रीय सदस्य चौलागाईँको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाईं दोलखा खबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र  २०७० सालको संविधानसभा निर्वाचनमा  समानुपातिकबाट सांसद हुनुभएको थियो ।

    विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलागाईँ भद्र, निष्ठावान् र  इमान्दार नेता हुनुहुन्थ्यो ।  चौलागाईँकोे जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे  गाउँमा भएको थियो । उहाँ हाल मध्यपुरथिमिमा बस्दैआउनुभएको थियो ।   पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मनुभएका उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । 

    स्नातकोत्तर उहाँले २०३४ साल कात्तिक (तत्कालीन माले) बाट राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । उहाँले पटकपटक गरी छ महिना बन्दी जीवन बिताउनुभएको थियो ।

    विगतमा शिक्षण पेशाको अनुभवसमेत सँगाल्नुभएका  चौलागाईँले भारत, बंगलादेश, श्रीलंका, चीन, थाइल्याण्ड, भियतनाम, इण्डोनेशिया, बेलायत, अमेरिका, फ्रान्स, जर्मनीलगायत धेरै देशको भ्रमण गर्नुभएको थियो ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताउनुभएको छ ।  पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाउनुभएको छ । रासस

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १६:१७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij