Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

श्री कृष्ण प्रणामि युवा परिषद् नेपालद्वारा सञ्चालित हेल्प डेस्क परामर्श सेवा ..

श्री कृष्ण प्रणामि युवा परिषद् नेपालद्वारा सञ्चालित हेल्प डेस्क परामर्श सेवा ..


  • 10.9K
    Shares

    • images
    श्री कृष्ण प्रणामि युवा परिषद् नेपालद्वारा सञ्चालित हेल्प डेस्क परामर्श सेवा ..

    यतिबेला मुलुक नै विकराल अवस्थामा गुज्रिरहेको छ। यो महामारी कहिले सम्म फैलिएर कहिले अन्त्य हुन्छ भन्ने
    कुरा कसैलाई थाहा छैन । यस्ता महामारीको बेग र फैलावट कति सम्म हुन्छ त्यो समय र परिस्थितिले निर्धारण गर्छ । यस्ता महामारी माथि विजय प्राप्त गर्न केही समय लाग्छ। जुन गतिले कोरोना फैलिरहेको छ ।

    यसले गर्दा अरु मुलुकसङ्गै नेपाल पनि रोइरहेको छ। दिनहुँ बढ्दो कोरोना संक्रमितको संख्याले गर्दा अहिले नेपालका अधिकांश जिल्लाहरुमा निषेधआज्ञा लागू गरिएको छ । हाल कोरोना माहामारीको दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई गम्भीर रुपमा नकारात्मक असर पारेको छ। अस्पताल,औषधी, वेड र अक्सिजनको अभावले सङ्क्रमीतको उपचार हुन सकिरहेको छैन । धेरै जसो अस्पतालहरुले औसधि सेवा बन्द गरेका छन्। यस विषम परिस्थितिमा अस्पतालको सेवा सम्बन्धि पहुँच असम्भव देखिएको छ। कतिपय सङ्क्रमितहरु अस्पताल जान सम्भव नभएकाले होम आइसोलेसनमा बसेका छन् ।

    यो त्रसितपुर्ण महामारीको कारण होम आइसोलेसनमा बसेका सङक्रमित ब्यक्तिहरुलाई लक्षित गरि श्री कृष्ण प्रणामि युवा परिषद् नेपालको क्रियाशिल जिल्ला समितिहरु मार्फत स्वास्थ्य हेल्प डेस्क स्थापना गरि दक्ष चिकित्सकबाट परामर्श सेवा तथा अन्य सेवामुलक जानकारी एवं सहयोग प्रभावकारी ढंगले उपलब्ध गराउनका निमित्त श्री कृष्ण प्रणामि युवा परिषद नेपालले कोरोना सङ्क्रमण नियन्त्रण हेल्प डेस्क तथा चिकित्सा परामर्श सेवा सञ्चालन गरेको छ । कोरोना महामारी नियन्त्रण हेल्प डेस्क तथा स्वास्थ्य परामर्श सेवा कार्यक्रमको उद्देश्य र ब्यबस्थापनका विषयमा श्री कृष्ण प्रणामि युवा परिषद नेपालका रार्ष्ट्रिय अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका सूचना तथा प्राविधि विभागका प्रमुख श्री नमराज ढकालका अनुसार अहिलेको यस्तो अवस्थामा सबैभन्दा ठुलो कुरा मान्छेको जीवन हो । दिनहुँ हजारौं संख्यामा नागरिकहरु कोरोना सङ्क्रमित,सयौं नागरिकको निधन र भयावह अवस्था रहेको हुँदा नेपालका अस्पतालहरुमा अक्सिजनको हाहाकार बढिरहेको छ। 

    185490612_473175557096691_73577324548323749_n.jpg
     
    अस्पताल गयो कि कोरोना सरिहाल्छ भन्ने डर छ । सामान्य लक्षण भएका बिरामी र अन्य स्वास्थ्य समस्यामा परेका बिरामीहरुका लागि विधुतिय माध्यमबाट स्वास्थ्य परामर्श सेवा दिने उद्देश्यका साथ श्री कृष्ण प्रणामि युवा परिषद् नेपालले यो अभियान शुरु गरेको हो । ढकाल भन्छ्न् हामिले सहायता केन्द्र अर्थात हेल्प डेस्क केन्द्रिय सहायता केन्द्र बनाई सञ्चालन गर्न लागिरहेका छौं । त्यसै गरि चितवन् जिल्ला समितिले पनि हेल्प डेस्क स्थापना गरि दुईजना डाक्टरबाट स्वास्थ्य परामर्श र दुईवटा एम्बुलेन्सबाट नि:शुल्क सेवा सुरु गरिसकेको छ र अन्य जिल्लाहरुमा पनि यस कार्यलाई निरन्तरता दिनेछौं । त्यस्तै जिल्ला स्तरीय सहायता केन्द्रले जिल्लाभर कोरोनाबाट सङक्रमित होम आइसोलेसनमा बसेका बिरामीको विवरण संकलन गर्ने, होम आइसिलेसनमा बसेका बिरामी वा बिरामीको आफन्तसङ्ग सम्पर्क गरि स्वास्थ्य परामर्श तथा अन्य सहयोगको आवश्यकता बारे जानकारी लिने र आवश्यक परेको बिरामीहरुलाई सुचिकृत चिकित्सक वा जनस्वास्थ्य विदसङ्ग टेलिफोन गरि अर्थात सामाजिक संजालको माध्यमबाट सम्पर्क गराउने काम गर्दछ।

    त्यस्तै अस्पताल लैजानु पर्ने अवस्थामा एम्बुलेन्स सेवा तथा चेक जाँच र भर्ना सम्बन्धि कार्यमा पनि आवस्यक सहयोग गर्दछ। श्री कृष्ण प्रणामि युवा परिषद् नेपालको मुलुकभर ७ प्रदेशमा संयुक्त प्रदेश समिती सहित ५ वटा प्रदेश समन्वय समिति, ४५ जिल्लामा जिल्ला समितिहरु र जिल्ला समिति मातहत स्थानीय तहमा १८५ वटा प्रारम्भिक समितिहरु क्रियाशिल रहेका छन् । त्यस्तै १० वटा अन्तर्राष्ट्रिय मुलुकमा समेत परिषदको संजाल भएकाले हेल्प डेस्कको आवश्यकता हेरि परिषदका विभिन्न जिल्लाहरुमा रहेको शाखाहरुबाट यो अभियान सञ्चालन गर्न लागिएको हो। 

    महामारीको जोखिमको कारण सामाजिक दुरि कायम राख्नु पर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएकाले टेलिफोन, सामाजिक संजाल, एवं कम्प्युटरको सफ्टवेयरको  प्रयोग गरि भर्चुअल रुपमै सेवा दिने जमर्को गरेका छौं । ढकालका अनुसार हाम्रो यस श्री कृष्ण प्रणामि युवा परिषद् नेपालले सामाजिक कामहरुमा युवाहरुको नेतृत्व विकास, स्वयंसेवक परिचालन, बालविकास, जेष्ठ नागरिक र महिला विकासका कार्यक्रम सरसफाइ तथा स्वास्थ्य सेवा कार्यक्रम जस्ता विविध क्षेत्रमा सेवा दिदै आइरहेको छ। त्यस्तै युवाहरुलाई आध्यात्मिक आधारशिला तथा मार्गदर्शन  बमोजिम नैतिक, सक्षम र सेवामुखी बनाइ समाजमा ब्याप्त हिंसा, दुर्ब्यसन, कुप्रथा र कुरितीविरुद्धको सचेतना अभियानको सम्बाहक बनाउदै ब्याक्तित्व विकास तथा सामाजिक सेवामा संस्थागत ढंगले परिचालन गराउने उधेस्यले वि.सं. २०४७ सालमा स्थापित श्री कृष्ण प्रणामि युवा परिषद् नेपालले शुरु गर्न गैइरहेको यश अभियानबाट उपचार नै नपाइ मर्नु पर्ने अवस्थाको अन्त्य गर्नुका साथै यो जोखिम पुर्ण अस्पतालको यात्रालाई कम गरि हेल्प डेस्क र स्वास्थ्य परामर्श सेवाबाट नै सर्वसाधारण जनताले स्वास्थ्य सेवा पाउनेछन्  र उच्च माहामारिको जोखिमबाट बच्नेछ्न्  भन्ने आशा ब्यक्त गरेका छन्  ।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १६:०५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij