Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अरुण तेस्रोको सुरूङभित्र ढुङगा खस्दा कामदारको मृत्यु, एक घाइते

अरुण तेस्रोको सुरूङभित्र ढुङगा खस्दा कामदारको मृत्यु, एक घाइते


  • 6.3K
    Shares

    अरुण तेस्रोको सुरूङभित्र ढुङगा खस्दा कामदारको मृत्यु, एक घाइते

    संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-३ पुखुवामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा कामदारको मृत्यु भएको छ ।

    बुधबार बिहान साढे ८ बजे सुरुङभित्र काम गर्ने क्रममा अचानक ढुङगा खस्दा शुक्लाफाँट नगरपालिका-१२ कञ्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो ।

    प्रहरीका अनुसार सोही ढुङ्गाले लाग्दा अर्का कामदार ५० वर्षीय मिठु रानासमेत घाइते भएका छन् । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १४:५७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij