Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बिहान निधन, अघिल्लो रात बुबाको निधन

पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बिहान निधन, अघिल्लो रात बुबाको निधन


  • 10.9K
    Shares

    • images
    पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बिहान निधन, अघिल्लो रात बुबाको निधन

    काठमाडौं । पूर्वबैंकर निरज श्रेष्ठको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

    उनको बुधबार बिहान ११ बजे नेपाल प्रहरी अस्पताल महाराजगन्जमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनका बुबाको पनि मंगलबार राति कोरोनाकै कारण मृत्यु भएको थियो। 

    श्रेष्ठ केही दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए। स्वास्थ्य अवस्था सुध्रिएपछि उनले आफ्नो बेड अरुलाई दिन भनेका थिए। उनलाई संक्रमणले फेरि च्याप्यो तर अस्पतालमा बेड पाएनन्। 

    श्रेष्ठ माछापुच्छ्रे बैंक हुँदै केही दिन सनराइज बैंकको सीईओसमेत भएका थिए। सनराइजमा सञ्चालक समितिमा विवाद भएपछि उनले राजीनामा दिएका थिए।

    तत्कालिन ग्रिनलेज बैंकबाट बैकिङ करिअर सुरु गरेका उनले एनआइसी एसिया र ग्लोवल आइएमई बैंकमा पनि काम गरेका थिए। जानकारहरुका अनुसार उनको दक्षता बैंकको जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा थियो। 

    श्रेष्ठका श्रीमती र एक छोरी छन्। तर उनीहरु दुवै नयाँ दिल्ली पुगेको र कोरोना संक्रमण देखिएकोले उतै अड्किएका छन्। 

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १४:४८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij