Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

जाजरकोटको भुवा मेलामा झडप हुँदा एक जना गम्भीर घाइते, पाँच जना पक्राउ

जाजरकोटको भुवा मेलामा झडप हुँदा एक जना गम्भीर घाइते, पाँच जना पक्राउ


  • 1.3K
    Shares

    जाजरकोटको भुवा मेलामा झडप हुँदा एक जना गम्भीर घाइते, पाँच जना पक्राउ
    images

    काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका-८ रौतन गाउँमा आयोजित औँसी भुवा मेलामा झडप हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। 

    घटनामा छेडागाड नगरपालिका-८ निवासी रमेश कार्कीमाथि सोही नगरपालिकाको वडा-९ निवासी  किशोर नेपालीसहित पाँच जनाले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणका क्रममा रमेशको टाउकोमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाइएको थियो।

    स्थानीयले घटनास्थलमै रमेशलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खलङ्गा पुर्‍याएका थिए। अवस्था गम्भीर भएपछि उनलाई नेपालगन्ज रिफर गरिएको र त्यहाँबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो। 

    घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते रमेश कार्कीका दाइ र आफैं नेकपा (एमाले) मा सक्रिय राजनीतिमा संलग्न छन् भने कुटपिट गर्ने पाँच जनासमेत वडा–९ का सक्रिय राजनीतिक व्यक्तिहरू हुन्। 

    पीडित रमेशले निष्पक्ष अनुसन्धान र न्यायको माग गर्दै स्थानीय प्रशासनलाई दवाबमुक्त रूपमा काम गर्न आग्रह गरेका छन्।

    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १४:०२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij