Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पालिकास्तरीय जनपरिचालन भव्य बनाउन महासचिव पोखरेलका पाँच निर्देशन

पालिकास्तरीय जनपरिचालन भव्य बनाउन महासचिव पोखरेलका पाँच निर्देशन


  • 554
    Shares

    पालिकास्तरीय जनपरिचालन भव्य बनाउन महासचिव पोखरेलका पाँच निर्देशन
    images

    काठमाडौं । नेकपा एमालेले आयोजना गरेको पालिकास्तरीय जनपरिचालन कार्यक्रमलाई भव्य बनाउन लागि महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन जारी गरेका छन् ।

    महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत कार्यकर्ताहरूलाई जनपरिचालनमा सहभागी हुने सङ्ख्याका आधारमा आवश्यकता आधारमा पार्टीको झन्डा, व्यानर र प्लेकार्ड तयार गर्न निर्देशन दिएका हुन् ।

    जनपरिचालनका लागि घना बस्ती भएको क्षेत्र छनौट गर्न पोखरेलको निर्देशन छ । घनावस्ती भएका ठाउँमा जनसङ्ख्या धेरै हुने भएकोले जनपरिचालनमा सहभागी जुटाउन सहज हुने पोखरेलले जनाएका छन् ।

    यस्तै जनप्रदर्शनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा गर्न पनि महासचिव पोखरेलले कार्यकर्तालाई निर्देशन दिएका छन् । जनप्रदर्शनका क्रममा भिडियोरफोटोहरू सामाजिक सञ्जालमा व्यापक मात्रामा शेयर गर्न र त्यस्ता सामग्रीहरू आम सञ्चार माध्यममा पठाउन पनि महासचिव पोखरेलले निर्देशन छ ।

    गत असोज २९ देखि ३१ गतेसम्म भएको एमाले केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्र विरुद्ध देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । जस अनुसार कात्तिक २२ गते सबै वडाहरूमा एमालेले भेला सम्पन्न गरेको छ ।

     

    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १०:५०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij