Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

मुक्तिनाथ विकास बैंकले कमायाे २२ करोड ४७ लाख नाफा, कस्ता छन् अन्य सूचक ?

मुक्तिनाथ विकास बैंकले कमायाे २२ करोड ४७ लाख नाफा, कस्ता छन् अन्य सूचक ?


  • 309
    Shares

    मुक्तिनाथ विकास बैंकले कमायाे २२ करोड ४७ लाख नाफा, कस्ता छन् अन्य सूचक ?
    images

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको २२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.८९ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०.३७ प्रतिशत घटेको छ। 

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २४ पैसा घटेर १२ रुपैयाँ ७६ पैसामा सीमति भएको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

    असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.१३ गुणा रहेको छ। ७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ। 

    खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो। बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३८ पैसा रहेको छ।  बैंकले असोज मसान्तसम्ममा १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - १५:५७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij