२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले फेरि प्रतिनिधि सभा विघटन गराउने खेल भइरहेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै नेता भुसालले चुनावको नाममा प्रतिनिधि सभा विघटन गर्न लागिएको बताएका हुन् । संविधान जारी हुँदा असफल भएकाहरू नै यसमा लागेको बताउदै नेता भुसालले भनेका छन्, “आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधि सभा पुनःस्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधि सभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् ।”
उनले हिजो नेकपा छँदा पुष्पकमल दाहाललाई गाली गर्नेहरू नै अहिले झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर एमालेलाई विभाजन गर्न खोजिरहेको जिकिर गरेका छन् । “हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकी रहेको नेकपा (एमाले)लाई विभाजित गरिँदै छ,” भुसालले भनेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आत्मसमर्पण नगर्ने बताएका छन् । भुसालले भनेका छन्, “विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर, आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij