Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रपति भण्डारीद्वारा नर्सको उच्च प्रशंसा

राष्ट्रपति भण्डारीद्वारा नर्सको उच्च प्रशंसा


  • 7.5K
    Shares

    राष्ट्रपति भण्डारीद्वारा नर्सको उच्च प्रशंसा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गर्नुभएको हो । 

    “विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उहाँले ट्वीटमा भन्नुभएको छ ।

    आज नेपालसहित विश्वभरि नै ‘नर्स : नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ । रासस

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १२:१९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij