Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ


  • 407
    Shares

    प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ
    images

    काठमाडौं । जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको आरोपमा ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

    तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगानी रहेको भन्दै जेन-जी आन्दोलनको क्रममा उक्त रिसोर्टमा आगजनी गरिएको थियो ।

    उक्त आगजनीमा संलग्न रहेको आरोपमा कराते प्रशिक्षक २९ वर्षीय रूपक नेपालीसहित ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रुपकसहित पोखरा-१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ छन्।

    उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - १०:५३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij