Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ७१ करोड लगानी गर्ने

राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ७१ करोड लगानी गर्ने


  • 1.5K
    Shares

    राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ७१ करोड लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब पौने ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। 

    यसका लागि कात्तिक २३ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जानकारी दिएको छ।

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४० करोड ७७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।

    images
    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १६:२४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij