Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

जेरी अन टप चलचित्रले कमायो १० करोड, अरुको कमाइ कति ?

जेरी अन टप चलचित्रले कमायो १० करोड, अरुको कमाइ कति ?


  • 351
    Shares

    जेरी अन टप चलचित्रले कमायो १० करोड, अरुको कमाइ कति ?
    images

    काठमाडौं । पछिल्लो समय प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर जेरी अन टप नामक चलचित्रले १० करोड ५१ लाख कमाएको छ । ३ लाख ३३ हजार ६ सय ५ वटा टिकट विक्रि गरेर उक्त चलचित्रले करोडौं कमाउन सफल भएको हो । 

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक १५ सम्मको बक्स अफिस रिपोर्टअनुसार अर्को बलिदान चलचित्रले ५ करोड १० लाख भन्दा बढी कमाएको छ । १ लाख ७१ हजार ६३ ओटा टिकट विक्री गरेर सो चलचित्रले ५ करोड भन्दा बढी कमाएको छ । 

    अर्को चलचित्र हरिबहादुरको जुत्ताले ४ करोड ७१ लाख ३७ हजार कमाएको छ । उक्त चलचित्रको १ लाख ४९ हजार २३७ वटा टिकट विक्रि भएको थियो । यस्तै, माइतिघरले १ लाख ४२ हजार ७१२ ओटा टिकट विक्री गरेर ४ करोड १५ लाख कमाएको छ अर्को चलचित्र वरिष्ठ बलरामको टिकट ८२ हजार ११७ ओटा विक्रि भएका छन् भने उक्त चलचित्रले २ करोड ४८ लाख कमाएको छ । अर्को मैझारो चलचित्रको टिकट ३३ हजार ९ सय ४२ विक्री भएका छन् भने उक्त चलचित्रले १ करोड भन्दा बढी कमाएको छ । 

    प्रदर्शनमा आएको सोल्टिनीले खासै व्यापार गर्न सकेको देखिँदैन । उक्त चलचित्रको ८ हजार ८ सय ४ ओटा टिकट विक्री भएका छन् भने उक्त चलचित्रले समीक्षा अवधीमा २८ लाख ८० हजार मात्रै कमाएको रिपोर्टले देखाएको छ ।

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - १६:०९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij