Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ?

गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ?


  • 526
    Shares

    गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ?
    images

    काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठक बस्नको लागि आवश्यक गणपूरक संख्या पुगेपनि विषवस्तुमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो । 

    गणपूरक संख्या पुगेपनि परिवर्तित अवस्थामा सबै सदस्यहरुको सहभागीतामा बैठक बस्नेगरी स्थगित गरिएको समिति सभापति तुलसीकुमारी दाहालले जानकारी दिएकी छिन् । जेनजी आन्दोलनपछिको हालको परिवर्तित अवस्थामा सबै सदस्यको उपस्थिति कात्तिकको २३ गते बस्नेगरी बैठकलाई स्थगित गरिएको उनको भनाई छ । 

    उनकाअनुसार बुधवारको वैठकमा विधेयकलाई कसरी अगाडी बढाउने, आर्थिक २०८१\०८२ को समितिको वार्षिक प्रतिवेदनलाई पारित गर्ने, समसामयिक विषयमा छलफल गर्ने विषयवस्तु रहेको थियो । 

     

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - १६:०५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij