२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । साताको चौथों कारोबारको दिन बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११०० ले घटेको छ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार २०० निर्धारण गरिएको छ भने यसअघि सोमबार सुनको मूल्य तोलामा २ लाख ३८ हजार ३०० थियो।
साथै, चाँदीको मूल्य पनि आज घटेको छ। हिजो तोलामा ३ हजार १५ मा कारोबार भएको चाँदी आज तोलामा २ हजार ९९० मा झरेको छ, जसअनुसार चाँदीमा २५ ले कमी आएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij